काठमाडौं । ठाकुरबाबा नगरपालिकाले सुत्केरी गाई/भैसी पोषण सामग्रीको लागि कृषकहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
नगरले एक सूचना जारी गरी साउनयता नगरमा सुत्केरी भएका गाईं/ भैंसीका धनीहरुलाई यस्तो अनुरोध गरेको हो ।
‘ठाकुरबाबा नगरपालिका,पशु सेवा शाखाको आ.ब.२०७९।०८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार नगर भित्र रहेका गाई/भैसी को पोषणमा सुधार ल्याई स्वयम् पशुपालक कृषक लाई प्रोत्साहित गर्ने उद्देश्यले ‘सुत्केरी गाई/भैसी पोषण कार्यक्रम’अर्न्तगत पोषण सामग्री दिने कार्यक्रम रहेबमोजिम वडा तथा पशु सेवा केन्दमा मिति २०७९ श्रावण १ गते देखि सुत्केरी (व्याएको )गाई/भैसीको रेकर्ड दर्ता गराएका कृषकहरुले वडा नं.३,४,५ का कृषकले पशु सेवा केन्द्र बगनाह, वडा नं.६,७,८,९का कृषकले गशु सेवा केन्द्र,चिटकैया र वडा नं. १ र २ का कृषकले पशु सेवा केन्द्र भुरिगाउँ,१ नं वडामा तपशिलको मिति देखि उक्त सामग्री वितरण हुने भएकोले सम्पर्क राख्न हुन जानकारी गरिन्छ ।’