close

भेरी नगरपालिकाका किसानलाई बीऊमा ५० प्रतिशत अनुदान

भेरी नगरपालिकाका किसानलाई बीऊमा ५० प्रतिशत अनुदान

Trulli
ADVERTISEMENT

जाजरकोट । भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले आधा मूल्य अनुदानमा आलु र अन्य तरकारीका बीऊ वितरण गरेको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रम अनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र कृषकको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको बीऊ वितरण गरिएको हो । 

करिब ७० क्वीन्टल आलुको बीऊ र अन्य तरकारीको बीऊ दुई सय बढी किसानलाई वितरण गरिने छ । स्याउली सेवा केन्द्र र खलङ्गाबाट उक्त बीऊ वितरण गरिएको कृषि विकास शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए । उन्नत बीऊ प्रयोग गरी उत्पादन बढाउन र तरकारी खेतीमा किसानलाई हौसला प्रदान गरी व्यावसायिकतातर्फ उन्मुख गराउन बीऊमा अनुदान दिएको अधिकारीले बताउनुभयो । वर्षर्नी पालिकाले मूल बीऊ उत्पादनदेखि वितरण गर्दै आएको छ ।