close

कृषि सिँचाइको महशुल पालिकाले तिरिदिने

कृषि सिँचाइको महशुल पालिकाले तिरिदिने

Trulli
ADVERTISEMENT

रौतहट । माधव नारायण नगरपालिकाका कृषकहरूले सिँचाइ गरेबापत लाग्ने विद्युत् महशुल पालिकाले व्यहेर्ने भएको छ । 

नगरपालिकाको ९ वटै वडामा कृषि सिँचाइका लागि नेपाल विद्युत् प्राधिकरणसँग ट्रान्सफर्मन जडान गर्न अनुरोध गर्दै सम्पूर्ण विद्युत महशुल नगरपालिकाले जिम्मा लिने जनाएको हो । 

कृषकहरूको लागि विद्युत विस्तार गर्ने र जसका लागि १०० किलोवाट क्षमताको ट्रान्सफर्मर जडान गरिदिन प्राधिकरणलाई अनुरोध गर्ने कार्यपालिका बैठकको निर्णय गरेको नगरपालिकाले जनाएको छ । शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

जडानसँगै खपतको सबै शुल्क नगरपालिकाले तिर्ने निर्णय गरेसँगै कृषकहरू खुशी भएका छन् ।