close

सुनवर्षी नगरपालिकाले अनुदानमा गहुँको बिउ वितरण गर्ने

सुनवर्षी नगरपालिकाले अनुदानमा गहुँको बिउ वितरण गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । सुनवर्षी नगरपालिकाले अनुदानमा गहुँको बिउ वितरण गर्ने भएको छ ।

नगरले सोमबार एक सूचना जारी गरी ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्न लागिएको जानकारी गराउँदै ले आवश्यक कागजातसहति  उपस्थित हुन अनुरोध गरेको छ ।

२०७९ कातिक २१ गतेभित्र आवश्यक कागजपत्रसहित नगरपालिकाको कृषि विकास शाखामा माग निवेदन दर्ता गराउन नगरको अनुरोध छ ।

आवश्यक कागजातहरु

१. १०को टिकट टाँस गरेको निवेदन

२. कृषक समूह/कृषि सहकारी/जल उपभोक्ता समिित तथा कृषि फर्म दर्ता तथा नवीकरण भएको प्रमाणको प्रतिलिपि

३. कृषक समूह/कृषि सहकारी/जल उपभोक्ता सममितिको हकमा बिउ माग सम्बन्धी संस्थागत निर्णयको प्रतिलिपि

४. गहुँखेती हुने जग्गाको जग्गाधनी प्रमाण पूर्जाको छायाँकपी, जग्गा ठेक्का लिएको भए कम्तीमा ५ वषको ठेक्का लिएको आधिकारिक करार पत्र, करार लिने र दिने दुवैको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

५. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

६. सम्बन्धित वडा कार्यालयको सिफारिस ।