close

सुन्तलामा ‘स्केल’ रोग

सुन्तलामा ‘स्केल’ रोग

Trulli
ADVERTISEMENT

काठमाडौं । म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तलामा स्केल रोग देखा परेको छ । कृषि ज्ञान केन्द्र्रका प्रमुख किरन सिग्देलले स्केलको दागले सुन्तलाका दानालाई विफर लागेको जस्तो स्वरुप बिगार्ने नयाँ रोग देखिएको हो । 

अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका कृषकलाई रोग नियन्त्रणका लागि परामर्श दिएको उनले बताए । उनले भने, ‘सुन्तलाको दानालाई कुरुप बनाउने स्केल रोग नियन्त्रणका लागि जिल्लाव्यापी अभियानको तयारीमा छौँ।’

सिग्देलका अनुसार स्केल रोग म्याग्दीको सुन्तला बगैँचामा देखिएको नयाँ समस्या हो । फल टिपेपछि प्रति एक लिटर पानीमा १० मिलीलिटरका दरले सर्वो आयल मिसाएर सुन्तलाको बोटमा छर्केपछि यो समस्या समाधान गर्न सकिने सिग्देलले बताए ।