close

सरकारद्वारा धानको न्यूनतम मूल्य निर्धारण

सरकारद्वारा धानको न्यूनतम मूल्य निर्धारण

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले यस वर्षका लागि किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य निर्धारण गरेको छ । 

केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले गत वर्ष भन्दा क्विन्टलमा २२६ रुपैयाँ बढाएर सरकारले धानको सर्मथन मूल्य निर्धारण गरेको हो । 

आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानप्रति क्विन्टल २ हजार ९६७ र र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव प्रकाशकुमार सञ्जेलले बताए ।