close

गाईभैंसी पालनबाट मासिक ३० लाख आम्दानी

गाईभैंसी पालनबाट मासिक ३० लाख आम्दानी

Trulli
ADVERTISEMENT

काठमाडौं । गोरखाका कुमार लामिछाने लामो समयदेखि काठमाडौंमा बस्दै आएका छन् । पेशाले  इन्जिनियर क्षेत्रमा काम गर्दै आएका उनी नागार्जुन नगरपालिकामा गाई र भैंसीपालन गर्दै आएका छन् । 

नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक रु १० लाख आम्दानी गर्दै आएका छन् ।

उनले ०७७ जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी गाई र भैँसीपालन गर्दै आएका हुन् । १५ करोड लगानीबाट सुरुवात गरेका उनले ३० वटा भैंसी पालेका थिए । हाल सो संख्या बढेर ५० वटा भैंसी । ७० वटा गाई पालेका छन् ।

सुरुमा म इन्जिनियर भएका कारण कन्स्ट्रक्सनको काम मात्र गर्थें, विगत तीन वर्षदेखि इन्जिनियर पेसासँगै भैँसी र गाईपालन व्यवसाय सुरु गरेको हुँ, यस व्यवसायबाट राम्रै आम्दानी भएको छ”, लामिछाने भने।

उनले दैनिक एक हजार लिटर दूध उत्पादन हुने बताउँछन् । उत्पादन भएको दूधमध्ये पाँच सय लिटर काठमाडौँका विभिन्न दूध डेरीमा पठाउने र बाँकी पाँच सय लिटर दूध व्यक्तिको घर–घरमा पु¥याउने गरेको उनले सुनाए ।

लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर रु एक सय ५० र गाईको दूधको मूल्य प्रतिलिटर एक सय १० छ । फार्म मात्र उनको परिवारले मात्रै नभई २० कर्मचारीले रोजगारी समेत पाएका छन् ।  दूध बिक्रीबाट मासिक रु ३० देखि ३५ लाख आम्दानी हुने उनी बताउँछन् । तर खर्चलाई कटाएर  १० लाख बचत हुने उनले सुनाए । 
      
लामिछानेले काठमाडौँमा गाईपालन र भैँसीपालनबाट राम्रो आम्दानी गर्न थालेपछि गृहजिल्ला गोरखामा समेत उक्त फार्मको शाखा विस्तार गरेका छन्। उनले गोरखाको सिरानचोक–७ खहरेमा ५० भैँसी र ५० बाख्रापालन गरेका छन् । 

यस्तै सोही ठाउँमा दुई सय रोपनी क्षेत्रफलमा तरकारी खेतीसमेत गरिएको छ । गोरखामा भने चारजनालाई रोजगारी दिएको उनले बताए।