close

अनुदानमा किबी ढुवानी गर्दै आठबीसकोट

अनुदानमा किबी ढुवानी गर्दै आठबीसकोट

Trulli
ADVERTISEMENT

रुकुम। आठबीसकोट नगरपालिकाले कृषकले उत्पादन गरेको किबीको बजार ढुवानीको रकम उपलब्ध गराउने भएको छ । नगरपालिकाले नगरभित्र उत्पादित किवीको बजार प्रवद्र्धनका लागि आवश्यक रकरकम उपलब्ध गराउन लागेको हो । 

लसो क्षेत्रमा उत्पादित किबी कर्णाली वेभरेज प्रालिले खरिद गर्ने निर्णय भएको थियो । सोका लागि प्रालि र स्थानीय कृषकबीच सम्झौता समेत भएको छ  । हिजो  कर्णाली वेभरेज प्रालि र किसानहरुको सहमति अनुसार आठबीसकोट नगरपालिका वडा नम्बर १२ झिनचौरमा रहेको कर्णाली वेभरेजले  किसानले फलाएको किबि खरिद गर्ने भएको हो । 

 नगर प्रमुख रवि केसीका अनुसार नगरपालिकाको वडा नम्बर १, २, ३, १०, ११ र १२ मा  १ सय ४२ क्विन्टल किबि उत्पादन भएको छ । ६ वटा वडामा गरेर अहिले नगरपालिकामा ४७ जना व्यवसायिक किबि उत्पादक किसानहरु छन् ।

स्थानीय कृषकको बजार प्रवद्र्धनका लागि पालिकाले आवश्यक ढुवानी खर्च वितरण गर्न लागेको उनले जनाए ।