close

आलु बाली पकेट कार्यक्रममा सहभागी हुन पाँचखालको अनुरोध

आलु बाली पकेट कार्यक्रममा सहभागी हुन पाँचखालको अनुरोध

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले आलु बाली पकेट विकास कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन स्थानीय बासिन्दाहरुलाई अनुरोध गरेको हो । 

सूचना अनुसार संघीय सरकारको सर्शत कार्यक्रम अन्तर्गत आलु बाली (पकेट) विकास कार्यक्रम सञ्चालन गर्न नियमअनुसार दर्ता भएका कृषि उद्यमी, कृषि सहकारी, कृषि समूहले नियमित सञ्चालन गर्नको लागि आवेदन दिन सक्ने छन् । 

इच्छुक सहकारी संस्था तथा उद्यमीले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवेदन दिनु पर्ने पालिकाले जनाएको छ । संस्थाको प्रमाणिकरणको प्रतिलिपि, कार्यक्रम माग गरेको कार्य समितिको निर्णय र समितिकधो अध्यक्षको नागरिकताको प्रतिलिपिसहित निवेदन दिनुपर्ने पालिकाले जनाएको छ ।