close

५० काउ म्याट वितरण गर्दै टोखा

५० काउ म्याट वितरण गर्दै टोखा

Trulli
ADVERTISEMENT

काठमाडौं । टोखा नगरपालिकाले ५० प्रतिशत अनुदानमा काउ म्याट वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै गाईपालक कृषकलाई काउ म्याट वितरण गर्ने जनाएको हो । 

सूचना अनुसार कार्यक्रममा नगरभित्रका गाईपालक कृषकले निवेदन दिन सक्ने छन् ।  सूचना प्रकासित गरेको पन्ध्र दिनभित्र आवश्यक कागजातसहित पशु सेवा शाखामा आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

इच्छुक व्यक्तिले नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको संख्या, गाईको संख्या र दर्ता भएको संस्थामा नविकरणको प्रतिलिपिसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।