close

कृषि प्रदर्शनी गर्दै नेचासल्यान गाउँपालिका

कृषि प्रदर्शनी गर्दै नेचासल्यान गाउँपालिका

Trulli
ADVERTISEMENT

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाले माघ ६ गते कृषि प्रदर्शनी गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा नेचासल्यान गाउँपालिकाको शान, कृषि उत्पादन अभिवृद्धिमा हाम्रो अभियान  भन्ने मूलनारामा कृषि प्रदर्शनी गर्न लागेको हो । 

प्रदर्शनीमा कृषिबाट उत्पादन हुने तरकारी, खाद्यान्न, फलफूल, मसलालगायत विभिन्न सामग्रीको प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । प्रदर्शनीमा स्थानीय बासिन्दा व्यवसायीलगायतका व्यक्तित्वहरु अवलकन गर्न आउने गाउँपालिकाले जनाएको छ । 

प्रदर्शनीमा सहभागी हुन चाहने व्यक्ति तथा संस्थाले सोही दिन बिहान ८ बजेदेखि १२ बजेसम्म दर्ता गर्न सकिने जनाएको छ । दर्ता गर्ने व्यक्तिले नागरिकताको प्रतिलिपिसहित आवेदन पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।