close

कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउँदै रामेछाप

कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउँदै रामेछाप

Trulli
ADVERTISEMENT

रामेछाप । रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाले पालिका क्षेत्रमा कृषि क्षेत्रको समस्या समाधान गर्नको लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । 

 नगरपालिकाको अनुसार पालिकाको वडा नम्बर १ देखि ९ सम्मका किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनलाई सहज रुपमा बजार पुर्याउनका लागि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । एम्बुलेन्स सञ्चालनमा आएसँगै कृषि सामग्रीले सहज रुपमा बजार पाउने कृषि शाखा प्रमुख कृष्ण भुजेलले बताए । 

पालिकामा उत्पादन भएका सामग्री मन्थली बजार लगायत विभिन्न स्थानमा विक्रि गर्न लैजाने गरिन्छ । तर सो क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल तथा अन्य सामग्रीले बजार नपाएपछि बारीमा कुहाउनु पर्ने बाध्यता रहेको र सो अब अन्त्य हुने उनले बताए ।