close

धानबाली प्रबर्द्धनका लागि प्रस्ताव माग

धानबाली प्रबर्द्धनका लागि प्रस्ताव माग

Trulli
ADVERTISEMENT

लमजुङ । राइनास नगरपालिकाले प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । नगरपालिकाले धानबाली  प्रबर्द्धनका लागि प्रस्ताव माग गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुरुप नगरपालिकाले सो कार्यक्र सञ्चालन गर्न लागेको हो । इच्छुक व्यक्ति, सहकारी संस्था, कृषि समूहले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

आवश्यक कागजातसहित आवेदन दिन नगरपालिकाले अनुरोध गरेको छ । कार्यक्रममा छनोट भएका समूहले करिब २०० रोपनी क्षेत्रफलमा कार्यक्रम सञ्चालन गर्नुपर्ने छ ।