close

मनहरीले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गर्ने

मनहरीले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गर्ने

Trulli
ADVERTISEMENT

मकवानपुर। मनहरी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गर्ने भएको छ ।

गाउँपालिकाले बिहिबार एक सुचना जारी गर्दै आ.व २०७९/ ८० को स्विकृत कार्यक्रम अनुसार संघिय शसर्त कार्यक्रम अन्तर्गत अनुदान दिन लागेको हो। अनुदान लिन इच्छुक कृषक, कृषि समुह, समिति तथा कृषि सहकारिलाई आवश्यक पर्ने कृषि औजारको छनोट गर्न पालिकाले सुचना मार्फत अनुरोध गरेको छ ।

छनौट गरेको औजार तथा आवश्यक कागजात सहित सुचना प्रकासित भएको सात दिन भित्र आवेदन दिनुपर्ने गाउँपालिकाले जनाएको छ ।