close

माटोमा अम्लिय,  नाइट्रोजन र प्राङ्गारिक पदार्थमा कमी

माटोमा अम्लिय,  नाइट्रोजन र प्राङ्गारिक पदार्थमा कमी

Trulli
ADVERTISEMENT

दाङ। तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय छ दशमलव तीनभन्दा कम रहेको पाइएको छ । त्यस्तै नाइट्रोजन, प्राङ्गारिक पदार्थ, फसफोरसको मात्रा माटोमा कमी रहेको पाइएको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए। 

त्यस्तै माटोमा पोटासको मात्रा मध्यम रहेकाले सिफारिस गरेको मात्राका आधारमा मात्रै प्रयोग गर्नुपर्ने उनले बताए। उनका अनुसार जति सिफारिस गरिएको हो त्यति मात्रै चुन प्रयोग गर्नुपर्ने, प्राङ्गारिक मल एक हजार केजी प्रतिकट्ठा, माटोमा फसफोरस कम भएकाले सिफारिस मात्रामा मात्रै प्रयोग गर्नुपर्छ । 

तुलसीपुरको मुख्य बालीको रुपमा धान रहेको छ । जहाँ १० हजार हेक्टर क्षेत्रफलमा धान लगाउने गरिन्छ । जसबाट सरदर ३५ हजार मेट्रिक टन धान उत्पादन हुने कृषि महाशाखा प्रमुख गौतमले बताए। तुलसीपुरमा १५ हजार दुई सय २७ हेक्टरमा खेती हुने गरेकोमा धान मात्रै १० हजार हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ ।  

त्यस्तै तुलसीपुरमा वार्षिक पाँच हजार  हेक्टर क्षेत्रफलमा १० हजार मेट्रिक टन मकै उत्पादन हुनेगर्छ । त्यस्तै तीन हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुनेगर्छ जसबाट नौ हजार मेट्रिक टन उत्पादन हुनेगर्छ । त्यस्तै छ हजार हेक्टर क्षेत्रफलमा मसुरो खेती हन्छ जसबाट चार हजार मेट्रिक टन मसुरो उत्पादन हुने महाशाखा प्रमुख गौतमले बताए। 

त्यस्तै तुलसीपुरमा तीन हजार हेक्टर क्षेत्रफलमा तोरी खेती हुन्छ जसमा दुई हजार मेट्रिक टन उत्पादन हुनेगर्छ । त्यस्तै एक हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती हुने गरेकोमा त्यसबाट चार हजार मेट्रिक टन उत्पादन हुने पाइएको छ । एक हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको तुलसीपुरमा उत्पादन भने १६ हजार मेट्रिक टन हुन्छ । एक हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुने र उत्पादन भने छ हजार मेट्रिक टन हुन्छ । 

तुलसीपुरमा धान खेतीका लागि तीन हजार एक सय २२ मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । जसमा युरिया एक हजार नौ सय ५०, डिएपी छ सय ६३, पोटास पाँच सय आठ मेट्रिक टन आवश्यक पर्छ ।  मकैका लागि नौ सय ६९ मेट्रिकटन, गहुँका लागि एक हजार एकसय ९५ मेट्रिक टन, तरकारीका लागि तीन सय ३१ मेट्रिक टन र तोरीका लागि छ सय ४४ मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ ।