close

५० प्रतिशत अनुदानमा धान र मकै वितरण गर्दै मुसिकोट

५० प्रतिशत अनुदानमा धान र मकै वितरण गर्दै मुसिकोट

Trulli
ADVERTISEMENT

रुकुम । मुसिकोट नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकै र धानको बिउ वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा मकै र धानको बिउ वितरण गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार कार्यक्रममा सहभागी हुन चाहने स्थानीयले पालिकामा माग आवेदन दिनुपर्ने छ । आवश्यक कागजातसहित फागुन २४ गतेभित्र पालिकाको कृषि शाखामा आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

नागरिकताको प्रतिलिपि, जग्गाधनीको पुर्जा र कृषि सहकारी संस्थाको लागि दर्ता प्रमाणपत्रको प्रतिलिपिसहित आवेदन पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।