close

धानको उन्नत वीउ माग गर्न राप्ती सोनारीको अनुरोध

धानको उन्नत वीउ माग गर्न राप्ती सोनारीको अनुरोध

Trulli
ADVERTISEMENT

बाँके । राप्ती सोनारी गाउँपालिकाले धानको उन्नत वीउ माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप खाद्यान्न बालीको उन्नत वीउ उपयोगमा अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा धानको उन्नत वीउ माग गर्न अनुरोध गरेको हो । 

सूचना अनुसार रामधान, चैत ५, राधा ४ र पिआर १२६ जातको धानको वीउ माग गर्न सकिने छ । इच्छुक व्यक्ति तथा सहकारी संस्थाले चैत ३ गतेभित्र आवश्यक कागजातसहित माग आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरेको छ ।