close

धनगढीमाईमा धानबाली पकेट विकास कार्यक्रम

धनगढीमाईमा धानबाली पकेट विकास कार्यक्रम

Trulli
ADVERTISEMENT

सिरहा । धनगढीमाई नगरपालिकाले धान पकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै धान पकेट विकास कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । 

नगरपालिकाको अनुसार चालू आर्थिक स्वीकृत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नयाँ धानबाली पकेट विकास कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । नगरपालिकाभित्रका इच्छुक व्यक्ति, सहकारी संस्था, कृषि समूहले आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ । 

तोकिएको ढाँचामा आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । १० हेक्टर क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।