close

६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्दै कुम्मायक

६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्दै कुम्मायक

Trulli
ADVERTISEMENT

पाँचथर । कुम्मायक गाउँपालिकाले ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै साझेदारीमा सामग्री वितरण गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम कृषिमा आधुनिक यान्त्रिकरण साझेदारी कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममार्फत कृषि औजार तथा मेसिन वितरण गर्ने गाउँपालिकाले जनाएको छ । 

कार्यक्रम अन्तर्गत मिनिटिलर, पानी तान्ने पम्प, मकै रोप्ने मेसिनलगायतको सामग्री वितरण गर्ने नगरपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी संस्था, समूहले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले सो सूचनामा उल्लेख गरेको छ ।