close

आठराई गाउँपालिकाले बोयर बोका खरिद गर्ने

आठराई गाउँपालिकाले बोयर बोका खरिद गर्ने

Trulli
ADVERTISEMENT

तेह्रथुम। आठराई गाउँपालिकाले बोयर बोका खरिद गर्ने भएको छ। गाउँपालिकाले शुक्रबार एक सुचना जारी गर्दै शुद्ध नश्लका बोयर तथा क्रस बोयर बोकाको माग गरेको छ । 

त्यसका लागि व्यवसायिक फार्महरुलाई तोकिएको मापदण्ड पुगेका बोका उपलब्ध गराउन सक्ने संख्या र दररेटको माग गाउँपालिकाले गरेको छ । चैत १६ गतेसम्ममा आवश्यक कागजात सहित प्रस्ताव पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षको स्विकृत कार्यक्रम अनुसार पालिकाका व्यवसायिक फर्म समुह सहकारीहरुका लागि बोयर बोका खरिद तथा वितरण कार्यक्रमका लागि बोका खरिद गर्न लागेको हो।