close

५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्दै भद्रपुर

५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्दै भद्रपुर

Trulli
ADVERTISEMENT

झापा । भद्रपुर नगरपालिकाले धान बालीको उन्नत बीउको उपयोगमा मूल्य अनुदानका लागि माग पेश गर्न अनुरोध गरेको हो । नगरपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार संघ, प्रदेश र स्थानीय सरकारको समन्वय तथा सहकार्यमा गुणस्तरी वीउ उत्पादन , आपूर्ति तथगा वितरण प्रणालीको सुदृढीकरण तथा स्वदेशी वीउको प्रवद्र्धनको लागि सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । 

कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी संस्था, फार्म तथा समूहलाई ५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्ने नगरपालिकाले जनाएको छ । इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकासित भएको १० दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

आवश्यक कागजातसहित तोकिएको मितिभित्र आवेदन दिने व्यक्तिलाई आवश्यकताको आधारमा धानको वीउ अनुदानमा वितरण गरिने सो सूचनामा उल्लेख गरेको छ ।