close

साना कृषि औजार माग गर्न छत्रकोटको अनुरोध

साना कृषि औजार माग गर्न छत्रकोटको अनुरोध

Trulli
ADVERTISEMENT

गुल्मी । छत्रकोट गाउँपालिकाले साना कृषि औजार माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप ५० प्रतिशत अनुदानमा कृषकलाई कृषि औजार वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने स्थानीय कृषकले चैत २५ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

पालिकाले मिनिटिलर, कम्बाइण्ड राइस मिल र च्यापकटर वितरण गर्ने सो सूचनामा उल्लेख गरिएको छ ।