close

पचरौतामा गाई/भैैंसी पकेट कार्यक्रम

पचरौतामा गाई/भैैंसी पकेट कार्यक्रम

Trulli
ADVERTISEMENT

बारा । पचरौता नगरपालिकाले गाई भैंसी पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पालिकाले पकेट कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम पालिकाभित्रका ९ वटै वडामा सञ्चालन हुने नगरपालिकाले जनाएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी संस्था तथा फार्मले सूचना  प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।