close

मासु उत्पादनको लागि बाख्रा प्रर्वद्धन कार्यक्रम

मासु उत्पादनको लागि बाख्रा प्रर्वद्धन कार्यक्रम

Trulli
ADVERTISEMENT

बाग्लुङ । ढोरपाटन नगरपालिकाले बाख्रा प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार वित्तीय हस्तान्तरण गरिवी न्यूनीकरण तथा मासु आत्मनिर्भरताको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताए । उनका अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

कार्यक्रममा सहभागी हुन चाहने कृषक, कृषि सहकारी संस्था, समूहले सूचना प्रकासित भएको २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने उनले बताए । नगरपालिकाको अनुसार सो कार्यक्रम अन्तर्गत २० वटा बाख्रा वितरण गरिने छ ।