close

देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा

देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा

Trulli
ADVERTISEMENT

रुपन्देही। देवदह नगरपालिकामा कृषिउपज सङ्कलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ । उक्त सेवा केन्द्रको शनिबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गरे। 

उक्त केन्द्र देवदहस्थित निर्माण बहुउद्देशीय सहकारी संस्थाले निर्माण गरेर सञ्चालनमा ल्याएको हो । सो अवसरमा सभामुख मगरले सहकारीहरु सहकारीको स्थापित मान्यताबाट विमुख हुन नहुने उल्लेख गरे। उनले केही सहकारीका व्यवस्थापकमाथि आर्थिक हिनामिनाको आरोप लागेको प्रसङ्ग उल्लेख गर्दै जनताको लगानीको सुरक्षा र सामूहिक उत्पादनमा सहकारीले जोड दिनुपर्ने बताए। 

देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले नगरपालिकाले कृषि उत्पादन र बजारीकरणमा ध्यान दिइरहेको बताए। नगरपालिकामा शीतभण्डार निर्माणका क्रममा रहेको र उत्पादन बढाउन तथा त्यसलाई सुरक्षित राखेर बजारमा पु¥याउन यसबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे। देवदहको उत्पादन बिक्री गर्न निर्माण गरिएको कोशेली घर पनि चाँडै सञ्चालनमा आउन लागेको उल्लेख गरे। 

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डेले कृषिको विकासबिना देशको विकास सम्भव नहुने बताए। उनले देशमा बहुसङ्ख्यक नागरिक कृषिमा आबद्ध रहे पनि उनीहरूले पर्याप्त आम्दानी गर्न नसकेको उल्लेख गर्दै कृषिकर्म गरेर कमाउनसक्ने तहमा यहाँका कृषकलाई उठाउनुपर्ने धारणा राखे।