close

उन्नत जातको बोका र राँगो वितरण गर्दै आँबूखैरेनी

उन्नत जातको बोका र राँगो वितरण गर्दै आँबूखैरेनी

Trulli
ADVERTISEMENT

तनहुँ । आँबूखैरेनी गाउँपालिकाले अनुदानमा उन्नत जातको बोका तथा राँगो वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै बोका र राँगो वितरण गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले ७५ प्रतिशत अनुदानमा उन्नत जातको बोका र राँगो वितरण गर्न लागेको हो । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति तथा कृषकले सूचना प्रकासित भएको १५ दिनभित्र आव्दन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।