close

बडिगाडका किसानलाई बाली जोगाउने चिन्ता

बडिगाडका किसानलाई बाली जोगाउने चिन्ता

Trulli
ADVERTISEMENT

बागलुङ । मकैको बिरुवा नउम्रिँदै बाँदरले खेतबारीको डिल कुर्छ । गत वर्ष बाँदरकै कारण मकैको उत्पादनमा क्षति व्यहोरेका  बडिगाड गाउँपालिकाका किसानले बीउसँगै बाँदर नियन्त्रणका उपाय खोज्न पालिकासँग आग्रह गरेका छन् ।

गाउँपालिकाबाट बीउ पाएपछि किसान सुरेन्द्र केसीले भने, 'यो क्षेत्रमा बाँदरले निकै दुःख दिन्छ । सिँचाइ समस्याका लागि अहिले वडाले काम गरिरहेको छ । त्यसले केही सहज होला तर बाँदर नियन्त्रणमा काम गर्दिनुप¥यो ।'

पहिलेभन्दा यो पटक बाँदरको सङ्ख्या बढेको भन्दै केसीले खेतबारीमा मात्र नभई घरमा बाँदरले दुःख दिने गरेको बताए। उनले बाँदरका कारण घरका खाद्यान्न जोगाउन मुस्किल भएको बताए ।

मकै रोप्ने बेला बीउका लागि भौँतारिने सुरेन्द्र केसीलाई यो वर्ष त्यसको चिन्ता भएन । गाउँपालिका–९ का केसीको खेतबारीमा मकै फल्छ । यो वर्ष पालिकाको कृषि शाखाले किसानले मागेअनुसारकै बीउ दियो ।

बीउ पाएपछि खोज्ने झण्झट त ट¥र्यो तर बाली जोगाउने चुनौतीले उनलाई सताउन थालेको छ । बीउको पोका हातमा नराख्दै उनले बाँदर सम्झिए। पोहोर जस्तै यसपटक बाँदरले सताए बाली कसरी जोगाउने रु गाउँपालिकाले मकैबाली प्रवद्र्धन कार्यक्रममार्फत वडामै पुगेर बीउ बाँडिरहेको छ । बीउ पाएका किसानमा भने उत्साह र निराशा दुवै छ । 

 'पहिला मकैको बीउका लागि धेरै ठाउँमा खोजी गर्नुपथ्र्यो', केसीले भने, 'बागलुङ, पोखरा तथा बुटवलबाट व्यापारीलाई बीउ मगाउँदा लगाउनै ढिलो हुन्थ्यो । अहिले बीउ घरै आयो तर मकै कसरी जोगाउने भन्ने चिन्ता छ ।'

 यस वर्ष बडिगाडले मकैबाली प्रवद्र्धन कार्यक्रममार्फत पाँच वटा वडामा काम गर्दैछ ।  वडा नं ४, ५, ६, ९ र १० मा मकै बाली प्रवद्र्धनका लागि २० लाख २० हजार बजेट छ । मकैबाली प्रवद्र्धन कार्यक्रम लागू भएका वडामा कृषक समूह गठन गरेर मकैको बीउ वितरण भइरहेको कृषि शाखाका प्रमुख ईश्वर वलीले बताए । वडामा मकैको बीउसँगै कोसे तरकारी बालीको बीउसमेत निःशुल्क वितरण गरिएको छ । 

    बडिगाड–१ दगातुम्डाँडामा उत्पादन भएको ‘मनकामना–३’ जातको मकैको बीउ किसानलाई वितरण गरिएको वलीले बताए। 'मकैको बीउ ९० रुपैयाँमा खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा प्रतिकेजी ४५ रुपैयाँमा उपलब्ध गराएका छौँ', उनले भने । बीउ पाएका सबै किसानले बाँदरका कारण बाली जोगाउन सकस हुने गरेको सुनाएका थिए । 

    गाउँपालिका–१, २ र ३ मा मकै पकेट क्षेत्र कार्यक्रम र अन्य वडामा मकैबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत बीउ वितरण गरिएको हो । मध्य पहाडमा उपयुक्त हुने मनकामना–३ मकैको बीउ सेतो जातको हुन्छ । खान निकै स्वादिष्ट हुने भएपछि किसानको रोजाइमा यो बीउ परेको वलीले बताए।