close

किसानलाई कृषि सामग्री र तालिम

किसानलाई कृषि सामग्री र तालिम

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाले  किसानलाई  ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम दिएको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी कृषि सामग्री वितरण गरेको हो । 

 गाउँपालिकाले स्थानीय किसानलाई सामग्रीसँगै तािलम दिएपनि कृषि कार्य सहज समेत भएको छ । किसानका लागि  १७ थान नौ र १० एचपी  मिनिटिलर  वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिए।
 
समयानुसार किसानलाई आवश्यक कृषि पेसासँग सम्बन्धित कृषिऔँजार, बिउविजन, प्राविधिक सरसल्लाह,  तालिम, उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा सहजता ल्याउन थप कार्यक्रमको आपेक्षा गरिएको स्थानीय हसिना वाइवा  बताउँछिन् । ती सामग्री हस्तान्तरण गर्दै  गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले उन्नत बाली लगाउन आग्रह गरिन् ।  उनले कृषिमा आधुनिकीकरण गर्न र व्यवस्थित बनाउनका लागि विभिन्न कृषि औंजार वितरण गरिएको जानकारी गराउँदै किसानका समस्या समाधान गर्न गाउँपालिका तयार रहेको बताइन्।

कृषि औँजार बिग्रने र बनाउन समस्या भएपछि किसानको समस्यालाई दृष्टिगत गर्दै पालिकाले मिनिटिलर मर्मतसम्बन्धी तालिमसमेत सञ्चालन गरेको अधिकारीले बताइन्। पालिकाले यसअघि पनि विभिन्न बीउविजन र कृषि सामग्री, तालिम  किसानलाई दिँदै आएको थियो ।