रामेछाप । रामेछाप नगरपालिकाले उद्यमीलाई प्रविधि हस्तान्तरण गर्ने भएको छ । नगरपालिकाले ८० प्रतिशत अनुदानमा उद्यमीलाई प्रविधि हस्तान्तरण गर्न लागेको हो ।
नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आपूर्तिकताले ८० प्रतिशत र उद्यमी स्वयम् २० प्रतिशत लगानी गर्ने गरी प्रविधि हस्तान्तरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने उद्यमीले बैशाख १३ गतेभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सो कार्यक्रमको लागि १ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटमार्फत ५ जना उद्यमीलाई मेसिन औजार हस्तान्तरण गर्ने नगरपालिकाले जनाएको छ ।