close

धानबाली प्रर्वद्धन गर्दै बारागढी

धानबाली प्रर्वद्धन गर्दै बारागढी

Trulli
ADVERTISEMENT

बारा । बारागढी गाउँपालिकाले धानबाली प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । 

गाउापालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले धानबाली प्रर्वद्धन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक तथा समूहले बैशाख १४ गतेसम्म  माग आवेदन पेश गर्न सक्ने गाउँपालिकाले जनाएको छ । 

पालिकाले ५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्ने छ । सम्बन्धित वडा कार्यालयको सिफारिस, कार्यालयको ढाँचामा निवेदन र आवश्यक कागजातसहित आवेदन दिन सक्ने छ ।