close

बारागढीले कृषि कार्यक्रममा ५० प्रतिशत अनुदान दिँदै

बारागढीले कृषि कार्यक्रममा ५० प्रतिशत अनुदान दिँदै

Trulli
ADVERTISEMENT

बारा। बारागढी गाउँपालिकाले कृषि कार्यक्रममा ५० प्रतिशत अनुदान दिने भएको छ । ५० प्रतिशत अनुदान आवश्यकता अनुसार वर्षे धानको बिउ, चार्जर स्प्रेयर १९० थान, कृषि सिचाई मोटर ४० थान, कृषि सिचाई पम्पिसेट २७ थान वितरण गर्न लागेको हो।

गाउँपालिकाले बुधबार एक सुचना जारी गर्दै कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, कृषि समुह, कृषि सहकारी तथा फार्मले आवश्यक कागजात सहित वैशाख २० गतेसम्म रितपूर्वक आवेदन पेश गर्न सक्ने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषि कार्यक्रमका लागि अनुदान दिन लागेको हो।