close

कौसी खेती गर्नेलाई तालिम र प्राविधिक सहयोग

कौसी खेती गर्नेलाई तालिम र प्राविधिक सहयोग

Trulli
ADVERTISEMENT

म्याग्दी। बेनी नगरपालिका वडा नं ७ ले कुहिने फोहोरलाई कौसीखेतीमा प्रयोग गर्न वडावासीलाई तालिम दिएको छ । पछिल्लो समय छतमा फलाउने र भान्सामा पकाउनका लागि कौसी खेतीमा आकर्षित वडावासीलाई लक्षित गरी नगरपालिकाले शुक्रबारदेखि  तालिम सञ्चालन गरेकाे हाे। तालिमको उद्घाटन गर्दै नगर प्रमुख सुरत केसीले नगद नभई प्राविधिक र अनुदानमा उपकरण उपलब्ध गराई किसानलाई आत्मनिर्भर बनाउने बताए।

उपप्रमुख ज्योति लामिछानेले कौसी खेतीमा महिलाको सक्रियतालाई प्रोत्साहन गर्न हरेक वर्ष अनुदानसहितको कार्यक्रम सञ्चालन गरिने बताइन्। वडाअध्यक्ष एवम् नगर प्रवक्ता श्रेष्ठले कौसी खेती गर्ने किसानलाई पचास प्रतिशत अनुदानमा कम्पोस्ट बिन उपलब्ध गराइएको बताए वडाभित्र कौसीखेती रहेकाले आवश्यक पर्ने मल प्रविधि, बिरुवा, गमला, अग्र्यानिक विषादी वितरण लगायतका अन्य कार्यक्रमसमेत सञ्चालन गर्ने जनाउँदै कुहिने फोहोरको घरेलु र वैज्ञानिक व्यवस्थापन गर्न कौसीखेती प्रोत्साहित गर्दै आएको बताए।