close

एभाकार्डो खेती कार्यक्रम सञ्चालन गर्दै आँबुखैरेनी

एभाकार्डो खेती कार्यक्रम सञ्चालन गर्दै आँबुखैरेनी

Trulli
ADVERTISEMENT

तनहुँ। आँबुखैरेनी गाउँपालिकाले वडा नं २ मा एभाकार्डो खेती कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक स्विकृत कार्यक्रमको एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत एभाकार्डो खेती गर्न लागेको हो। कार्यक्रमअन्तर्गत एभोकार्डो खेतीमा गाउँपालिकाले ७५ प्रतिशत अनुदान दिने छ । 

कार्यक्रममा सहभागी हुन चाहने वडा नं २ का कृषक फार्म/कृषक समुह/कृषि सहकारीलाई आवेदन दर्ता गर्न गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै अनुराेध गरेकाे छ। सुचनाअनुसार वैशाख २५ गतेसम्म आवेदन दर्ता गराउन सकिने छ ।

कार्यक्रममा सहभागि हुन सामुहको हकमा न्युनतम ५० रोपनि र नीजि फार्मको कम्तीमा २ रोपनी जग्गा हुनुपर्ने छ । गाउँपालिकाले उक्त कार्यक्रमअन्तर्गत ५ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउने जनाएको छ ।