close

अम्रिसो घाँस केन्द्र स्थापना गर्दै अजिरकोट

अम्रिसो घाँस केन्द्र स्थापना गर्दै अजिरकोट

Trulli
ADVERTISEMENT

गोरखा । अजिरकोट गाउँपालिकाले प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै अम्रिसो घाँस श्रोत केन्द्र स्थापना गर्नको लागि प्रस्ताव पेश गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार पालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप केन्द्र स्थापना गर्न लागेको हो । केन्द्र स्थापना गर्नका लागि चालू आर्थिक वर्षमा ३५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । 

कार्यक्रम गाउँपालिकाभित्रका ५ वटै वडामा सञ्चालन हुने छ । कार्यक्रममा सहभागी हुन चाहने संस्था तथा फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।