close

अनुदानमा फलफूलको बिउ वितरण गर्दै खनियाबास

अनुदानमा फलफूलको बिउ वितरण गर्दै खनियाबास

Trulli
ADVERTISEMENT

धादिङ। खनियाबास गाउँपालिकाले अनुदानमा फलफूलको बिउ वितरण गर्ने भएको छ। बुधबार एक सुचना जारी गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षको कृषि विकास शाखाको वार्षिक स्विकृत कार्यक्रम अनुसार ७० प्रतिशत अनुदानमा वर्षे फलफुलको बिउ वितरण गर्न लागेको जनाएको छ। गाउँपालिकाले कागती, सुन्तला, केराको बिउ अनुदानमा वितरण गर्न लागेको हो। 

बिरुवाको माग संकलन गरि कृषिशाखामा पेश गर्न कृषकलाई गाउँपालिकाले अनुरोध गरेको छ। सुचना प्रकासित भएको सात दिनभित्र आवश्यक कागजातसहित माग पेश गर्न सकिने गाउँपालिकाले जनाएको छ।