close

स्थानीय उत्पादन बिक्री केन्द्र सञ्चालन गर्दै चन्द्रागिरी

स्थानीय उत्पादन बिक्री केन्द्र सञ्चालन गर्दै चन्द्रागिरी

Trulli
ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले स्थानीय बिक्री केन्द्र सञ्चालन गर्ने भएको छ । नगरपालिकाले केन्द्र सञ्चालन गर्नका लागि बाघ बछला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँग सम्झौता गरेसँगै केन्द्र सञ्चालन गर्ने भएकाे हाे । 

सोमबार एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख घनश्याम गिरीले संस्थाका प्रतिनिधिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।  नगरपालिकाको नागढुंगामा आगामी असार १ गते देखि पहिलो बिक्री केन्द्र संचालनको सुरुवात हुने भएको  नगरप्रमुख गिरीले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले सार्वजनिक सूचना मार्फत प्रस्तावना आव्हान गरेकोमा संस्थाले आवेदन दिएको हो । सो प्रस्तावको आधारमा स्वीकृत गरी सम्झौता गरेको उनले जानकारी दिए । 

 बिक्री केन्द्रको शुरुवात लगत्तै वडा नम्बर ३ थानकोट र च न पा १४ नयाँ नैकापमा पनि आगामी वर्षमा केन्द्र संचालन हुने जनाएको छ ।  नगर प्रमुख गिरीले स्थानीय उत्पादनलाई बजारीकरण गरी नगरबासीको आर्थिक र सामाजिक स्तरोन्नतिको लागि  केन्द्र संचालन हुन लागेको जानकारी गराए ।  

उनले आगामी वर्षमा नगरको अन्य मुख्य बजार तथा चोक  तथा भविष्यमा उपत्यका र उपत्यका बाहिर पनि नगरपालिकाको स्थानीय उत्पादनलाई बजार व्यवस्थापन गर्न नगरपालिकाले विशेष पहल गर्ने बताए ।   केन्द्रमा नगरपालिकाले स्थान तथा पूर्वाधार व्यवस्थापन गर्ने छ भने संचालक समितिले बाँकी व्यवस्थापकिया कार्य गर्ने उनले बताए ।