close

कोल्हवीको कृषि: सिँचाइदेखि अनुदानसम्म

कोल्हवीको कृषि: सिँचाइदेखि अनुदानसम्म

Trulli
ADVERTISEMENT

बारा- कोल्हवी नगरपालिकाले चालू आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले कृषि क्षेत्रलाई आधुनिक र प्रविधियुक्त बनाउनका लागि चालू आर्थिक वर्षमा प्राथमिकतामा राखेको हो । 

नगरपालिकाका प्रमुख रामप्रसाद चौधरीका अनुसार तराई क्षेत्रको प्रमुख पेशा र आयआर्जनको स्रोत नै कृषि भएकाले चालू आर्थिक वर्षमा कृषि क्षेत्रकाे विकास प्राथमिकतामा राखिएको हो । नगरपालिकाले कृषि क्षेत्रमा सिँचाई, अनुदानमा कृषिजन्य सामग्री तथा बजारको उचित व्यवस्थापन गरेको उनले पालिकाखबरलाई सुनाए । उनले सिँचाइको कुलो तथा नहरलाई नगरपालिकाले मेसिनको प्रयोग गरेर सफा गर्ने गरेको बताए । 

उनका अनुसार पालिकामा धान, मकै, तरकारी, गहुँ, मसुरलगायतको विभिन्न बाली उत्पादन हुन्छ । उत्पादित सामग्री विक्रीका लागि प्रसौनी र प्रवानीपुर बजार लैजाने उनले पालिकाखबरलाई सुनाए । सो बजारमा बढी भएमा मुलुकभरका विभिन्न बजारमा लैजाने गरेको उनले सुनाए  ।

नगरपालिकाले अनुदानमा वितरण गरेको सामग्री निजी गर्न खोजेकोप्रति उनले दुखेसो पोखे । ‘हामी कृषि सहकारी तथा समूहलाई सामग्री वितरण गर्छौँ । जग्गा धेरै भएका व्यक्तिलाई समूहको प्रतिनिधित्व गरी वितरण गछौँ,’ उनले भने, ‘तर उहाँहरुले आफ्नो निजी सामग्रीको रुपमा प्रयोग गर्नुहुन्छ । अरुलाई प्रयोग गर्न दिनुहुन्न ।’

उनले ती सामग्रीलाई समूहगत रुपमा प्रयोग गर्नको लागि कडा निर्देशन दिनुको साथै समयसमयमा अनुगमन समेत गर्ने गरेकाे जानकारी दिए ।