close

भरतपुरको माटोमा उच्च अम्लियपना

भरतपुरको माटोमा उच्च अम्लियपना

Trulli
ADVERTISEMENT

चितवन– भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लियपना पाइएको छ । महानगरको कृषि शाखाका अनुसार गत आर्थिक वर्षमा गरिएको माटो परीक्षणका क्रममा माटोमा अम्लियपनको मात्रा उच्च देखिएको हो । महानगरको वडा नम्बर १, ४, ५, ६, १३, १४, १५, २४, २५, २६, २७ लगायतका वडाको माटो परीक्षणका क्रममा अम्लियपना उच्च देखिएको कार्यालयका अधिकृत अञ्जली श्रेष्ठले जानकारी दिइन् । 

उनका अनुसार पाँच सय ४६ नमुना परीक्षणका क्रममा यहाँको मोटोमा अम्लियपना भेटिएको हो । महानगरको खेतीयोग्य जमिनमा अम्लियपना देखिएसँगै कृषि चुनको प्रयोगका लागि किसानलाई अनुरोध गरिएको उनले बताए । उनले भने, ‘कृषि चुन प्रयोग गर्ने किसानका लागि ७५ प्रतिशत अनुदान सहयोग गरेका छौँ ।’ उनका अनुसार माटोमा भएका अम्लियपना ६ दशमलब ५ प्रतिशतबाट तल झर्दै आएमा अम्लियपना बढी भएको मानिन्छ । महानगरको माटोमा ५ र ५ दशमलव ५ प्रतिशत रहेको उनले बताइन् ।

अम्लियपन देखिएको माटोमा बिरुवाको वृद्धिविकास कम हुने, उत्पादन घट्ने, बिरुवाले सजिलै खाध्यत्व पाउन नसक्ने हुँदा कृषि क्षेत्रमा समस्या आउने उनले बताइन् । उनले भनिन्, ‘अम्लियपना भएको माटोमा जति मल हाले पनि काम गर्दैन ।’ रासायनिक मल र विषादीको बढी मात्रामा प्रयोगका कारण उत्पादन घट्ने र माटोमा क्याल्सियम, चुन र म्याग्नेसीयम कम हुँदा माटोमा अम्लियपन बढ्ने गर्दछ । भरतपुर महानगरपालिका ४३ हजार २५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जसमा १५ हजार ७५ हेक्टर क्षेत्रफल कृषि योग्य रहेको छ । यहाँ विभन्न प्रकारका कृषि कर्महुँदै आएका छन् । यसमा महानगरले विभिन्न कृषि पकेट क्षेत्र समेत बनाएर काम गर्दै आएको छ ।