close

आठबिसकोटका मकै हावाहुरीले सखाप

आठबिसकोटका मकै हावाहुरीले सखाप

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम । आइतबार आएको पश्चिमको आठबिसकोट नगरपालिका क्षेत्रका करिब तीन हजार हेक्टरमा लगाइएको मकै खेतीमा क्षति पुर्याएको छ । भर्खर पाक्दै गरेको मकै हावाहुरीले ढालेपछि किसान चिन्तित बनेका छन् । यस क्षेत्रको मुख्य बालीका रुपमा रहेको मकैमा क्षति भएपछी क्षतिको मूल्यांकन गरी राहतका लागि स्थानीय सरकार र प्रशासन समक्ष  अनुरोध गरेका छन् ।

आठबिसकोट  नगरपालिका– १, २, ३, ४, ५, ६, ८ र ९ नम्वर वडामा सबैभन्दा बढी क्षति भएको छ । अन्य वडाहरुमा पनि वर्षा सहित आएको हावाहुरीले मकैमा क्षति पुर्याएको हो । आठबिसकोट करिब पाँच हजार परिवारले लगाएको मकै खेती हुरीले सखापपारेपछि पीडित किसानले राहातको अपेक्षा गरेका छन् । पीडित किसानहरुले वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा माग पत्र बुझाएको जनाएका छन्।

मकैमा क्षतिपुगेपछि खाद्यान्न संकट निम्तिने भन्दै राहत माग गरेको वडा नम्वर–३ का धननाम परियारले बताए। ‘वर्षभरि खाने मकै हावाहुरीले सखाप पारेकाे छ । यस्ताे बेला सरकारले दुःखमा साथ दिए हुन्थ्यो,’ उनले भने । 

‘प्रशासनले क्षति हेरेर राहतदिए गरिबको घाउमा मल्हमपट्टी लाग्थ्यो।’ वडा नम्वर–९ का कृषक नरदल खत्रीले बताए । वडा नम्वर ९ मा लगाएको मकै ढल्दा करिब ३० लाख बराबरको क्षति भएको खत्री बताउँछन् । जमरा खेल्न लागेको र कतै पाक्नै लागेको मकै हावाहुरीले ढालेर सखाप बनाएको उनले बताए ।  

नगरपालिकाको पहाडा, खेत, स्याला, खदी, गोतामकोट, दाजे, बटालागाउँ लगायतका क्षेत्रमा सयौं किसानले लगाएको मकै बालीमा पूर्णरुपमाक्षति पुर्याएको छ। वर्षासँगै आएको हावाहुरीले आठबिसकोट नगरपालिका– ३  मा करिब तीन सय घरधुरीका मकै खेतीमा क्षति पुर्याएको जानकारी दिए । यता, वडा नं–९ बटालागाउँ सुन्दरपानी र आसपासका क्षेत्रमा पनि हावाहुरीले मकैको बोट सखाप पारेको वडाध्यक्ष जनक बहादुर बटालाले जानकारी दिए। 

विपद्ले मकै बालीमा पुर्याएको क्षति समस्या थाहा पाएकाले क्षतिको मूल्यांकन गरेर राहत रकम उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको आठबिसकोटका नगरप्रमुख रवि केसीले बताए।