बझाङ– जयपृथ्वी नगरपालिकाले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन काम गरिरहेको छ । यसका लागि नगरपालिकाले ५० प्रतिशत अनुदानमा स्थानीयलाई हाते ट्याक्टर उपलब्ध गराएको नगरप्रमुख चेतराज बजालले जानकारी दिए ।
नगरपालिकाले बिउ उपलब्ध गराउने र समय/समयमा किसानलाई तालिम सञ्चालन गर्ने गरेको उनले पालिकाखबरलाई बताए । पालिकाले उत्पादन मात्र नभई बजार व्यवस्थापनमा पनि किसानलाई सहज वातावरण बनाएको उनले बताए । उनको अनुसार किसानको उत्पादनलाई बजारसम्म पुर्याउन नगरपालिकाले निःशुल्क ट्याक्टर उपलब्ध गराउँदै आएको छ ।
यस्तै नगरपालिकाले शैक्षिक क्षेत्रको सुधारको लागि विद्यार्थी सङ्ख्याअनुसार शिक्षक दरबन्दी मिलानको काम सक्काएको नगरप्रमुख बजालले जानकारी दिए ।