close

कृषिजन्य उत्पादन बिक्री गर्नेलाई ५ प्रतिशत अनुदान

कृषिजन्य उत्पादन बिक्री गर्नेलाई ५ प्रतिशत अनुदान

Trulli
ADVERTISEMENT

पाल्पा - तिनाउ गाउँपालिकाले कृषि उत्पादन बिक्री गर्ने कृषकलाई अनुदान दिने भएको छ । गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता राख्दै कृषकलाई अनुदान दिन लागेको हो । 

गाउँपालिकाका कृषि शाखाका प्रमुख हेमन्तकुमार शर्माका अनुसार चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार अनुदान दिन लागेको हो । कृषकद्धारा उत्पादित बालीलाई बिक्री गरेको आधारमा ५ प्रतिशत अनुदान रकम दिने शाखा प्रमुख शर्माले पालिकाखबरलाई जानकारी दिए । 

उनले उत्पादित बालीको बजारीकरणका लागि गाउँपालिकाले बुटवल उपमहानगरपालिकामा सटर भाडामा लिएको बताए । सो क्षेत्रबाट विभिन्न क्षेत्रमा कृषिजन्य तथा स्थानीयले उत्पादन गरेको बाली वितरण गरिने उनले सुनाए । 

उनका अनुसार गाउँपालिकाले वडाको सम्भावना अनुसार धनियाँ, आलु, च्याउलगायतको प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने छ ।