close

हाट बजारबाट मनग्य आम्दानी, बजारीकरणमा सहज

हाट बजारबाट मनग्य आम्दानी, बजारीकरणमा सहज

Trulli
ADVERTISEMENT

रोल्पा - रुन्टीगढी गाउँपालिकाले हाट बजार सञ्चालनमा ल्याएसँगै बजारीकरणको लागि सहज भएको छ । गाउँपालिकाले २० वर्षदेखि अलपत्रमा रहेको हाट बजारलाई गत असारदेखि सञ्चालनमा ल्याएकाे हो । 

गाउँपालिकाको अध्यक्ष जनक पुनका अनुसार हाट बजार हप्तामा दुई पटक सञ्चालन हुने गर्दछ । हाटबजारबाट एक हप्तामा करिब एक करोड तरकारी तथा कृषिबाट उत्पादित सामग्री विक्री हुने उनले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकाले परम्परागत कृषि प्रणाली अन्त्यको गर्ने नीति लिएको उनले बताए । कृषिमा आधुनिकीकरण तथा व्यवसायिकरण गर्नका लागि गाउँपालिकाले हाटे ट्याक्टर तथा औजारहरु अनुदानमा वितरण गर्दै आएको उनले सुनाए । 

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा तरकारीको वीउ वितरण गर्दै आएको छ । उनका अनुसार गाउँपालिकामा बेमौसमी तरकारी, बन्दा, गालेभेँडालगायतको विभिन्न तरकारी उत्पादन हुँदै आएको छ । 

उनले गाउँपालिकाले तरकारीको लागि वीउ, औजार तथा हाटबजार सञ्चालनमा ल्याएसँगै स्थानीय खुसी भएको बताए ।