close

दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान

दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान

Trulli
ADVERTISEMENT

पाल्पा - बगनासकाली गाउँपालिकाले उत्पादनको आधारमा कृषकलाई अनुदान दिने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप उत्पादनको आधारमा अनुदान दिन लागेको हो । 

गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकका अनुसार पालिकाले दूधमा प्रतिलिटर ५ रुपैयाँ र अन्य कृषिजन्य सामग्रीमा उत्पादनको आधारमा अनुदान दिने जनाएको छ । कृषकलाई कषि पेशामा आर्कषित बनाउन तथा आत्मनिर्भर बनाउनको लागि सो कार्यक्रम ल्याएको उनले पालिकाखबरलाई जानकारी दिए । 

उनले पालिकाभित्रका ९ वटै वडालाई उत्पादन क्षेत्रको आधारमा पकेट कार्यक्रम सञ्चालन गरिने बताए । उत्पादित सामग्री विक्री वितरणका लागि गाउँपालिकाले आवश्यक समन्वय गर्दै आएको उनको भनाइ छ । 

गाउँपालिकामा उत्पादित तरकारी, दूध, खाद्यान्न तथा सामग्रीहरु सहकारीमो माध्यमबाट बिक्री हुँदै आएको उनले सुनाए ।