close

५० प्रतिशत अनुदानमा गहुँको बीउ पाइने

५० प्रतिशत अनुदानमा गहुँको बीउ पाइने

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- हेलम्बु गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्ने भएको छ ।

गाउँपालिकाले इच्छुक कृषक, कृषि फर्म, कृषक समूह र कृषि सहकारीलाई अनुदानका आवेदन दिन आग्रह गरेको छ । आज सूचना जारी गर्दै गाउँपालिकाले १५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ । 

पालिकाभित्रका समूह वा कृषकलेमात्र आवेदन दिन पाउनेछन् भने कम्तीमा १० किलो बीउ लिनुपर्ने पालिकाले जनाएको छ ।