close

६ वटा अमिलो जातको अनुसन्धान पूरा (भिडियोसहित)

६ वटा अमिलो जातको अनुसन्धान पूरा (भिडियोसहित)

Trulli
ADVERTISEMENT

धनकुटा- नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटाले ६ वटा अमिलो जातको अनुसन्धान पूरा गरेको छ । सम्पूर्ण अमिलो फलफूलको अनुसन्धान सुरुआत गरेको २३ वर्षमो ती अनुसन्धान पूरा गरेको हो ।

वि.सं २०१८ सालमा सुन्तला बाली अनुसनधान केन्द्रका रुपमा स्थापना भएको केन्द्रलाई २०५७ सालमा सम्पूर्ण अमिलो जातका फलफूलको अनुसन्धानको जिम्मा दिइएको थियो । केन्द्रले हालसम्म तीन सुन्तला र तीन कागतीको अनुसन्धान पूरा गरेर खेतीका लागि सिफारिस गरेको छ ।

कार्यालयले वि सं २०७२ सालमा तराईका लागि ‘सुन कागती १’ र ‘सुन कागती २’, वि सं २०७५ सालमा तेह्रथुमका लागि ‘तेह्रथुम स्थानीय’ जातको कागतीको अनुसन्धान पुरा गरेको हा े। यस्तै सुन्तलातर्फ २०७५ सालमा धनकुटाको लागि ‘खोकु स्थानीय’, गत वर्ष गण्डकी प्रदेशका लागि ‘बाँस खर्क स्थानीय’ र यो वर्ष धनकुटाका लागि ‘पात्ले अगौटे’ जातको सुन्तलाको अनसुन्धान पूरा गरेको कार्यालयका प्रमुख डा.उमेश आचार्यले जानकारी दिए । 

पूरा समाचार तल भिडियोमा हेर्नुस्