close

विदेशबाट राँगा ल्याउँदै पञ्चपुरी

विदेशबाट राँगा ल्याउँदै पञ्चपुरी

Trulli
ADVERTISEMENT

सुर्खेत- भैँसी उत्पादनमा जोड दिँदै पञ्चपुरी नगरपालिकाले चालु आर्थिक वर्षमा उन्नत जातको राँगा खरिद गर्ने भएको छ । नगरपालिकाले विदेशबाट राँगा खरिदका लागि बजेटको व्यवस्था गरेको पशु पन्क्षी उपशाखाकी पशु चिकित्सक लक्ष्मी चौलागाईले पालिका खबरलाई बताइन् । 

पालिकाभित्र लोकल भैँसी पालन धेरै भएपछि नश्ल सुधारका लागि विदेशबाट उन्नत जातको भैँसी खरिद गर्न लागेको हो । चालु आर्थिक वर्षभित्र ल्याएर नश्ल सुधार गरिनेछ । यसबाट दूध उत्पादन वृद्धि हुने नगरपालिकाले जनाएको छ ।