close

सरुमारानी गाउँपालिकाले बढायो खसीको मूल्य

सरुमारानी गाउँपालिकाले बढायो खसीको मूल्य

Trulli
ADVERTISEMENT

प्युठान- २ वर्षदेखि गाउँपालिकाभर मासुको मुल्य वृद्धि नभएको भन्दै सरुमारानी गाउँपालिकाले दशैंको मुखैमा मासुको मुल्य बढाएको छ । 

व्यापारीहरूले किसानबाट जिउँदो लैजाने भएको हुँदा गाउँपालिकाले किसानहरू मारमा नपरोस् भन्दै खसी र बोका खरिदमा मासुको मूल्य बढाएको गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले पालिकाखबरलाई बताए । 

गाउँपालिका अध्यक्ष विकका अनुसार यसअघि ३० किलोसम्मका खसी प्रतिकिलो ४४० मा सहकारीमार्फत खरिद भइरहेको थियो । आज सरोकारवाला र जनप्रतिनिधिबीच बसेको बैठकले ४५ रुपैयाँ बढाएर प्रतिकिलो ४८५ रुपैयाँ बनाएको छ । 

त्यस्तै ३० किलोभन्दा माथिका खसी यसअघि ५१० मा खरिद भइरहेकोमा ५५० रुपैयाँ कायम गरिएको गाउँपालिकाले जनाएको छ । जिउँदो बोका यसअघि ४८५ मा खरिद हुँदै आएकोमा आजदेखि कायम हुने गरी प्रतिकिलो ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

बैठकमा जनप्रतिनिधिहरू, कर्मचारीहहरू, सरुमारानी महिला उद्यमी सहकारीका पदाधिकारी, बाख्रापालक कृषक र व्यापारीहरूकफ उपस्थिति थियो ।