close

रैथाने बाली संरक्षण गर्दै गौरीशंकर गाउँपालिका

रैथाने बाली संरक्षण गर्दै गौरीशंकर गाउँपालिका

Trulli
ADVERTISEMENT

दोलखा– गौरीशंकर गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन गर्ने भएको छ । गाउँपालिकाले पालिकाका छिनो कोदो, फापर, लट्टे, रैथाने धानबाली आदि रैथाने बालीको प्रवर्द्धन गर्ने भएको हो । 

पछिल्लो समयमा रैथाने बाली लोप हुँदै गएकाले यसको संरक्षण गर्ने गाउँपालिकाका कृषि तथा पशुपंक्षी शाखाका प्रमुख सुरेश वलीले बताए । यसको लागि लोप हुन लागेको बालीबारेमा प्रचारप्रसार गर्ने, बीउ निःशुल्क वितरण गर्ने काम गाउँपालिकाले गर्ने उनले बताए । 

बीउ बैंकले रैथाने बालीको बीउको संरक्षण गरेर राखिरहेको र त्यसलाई अनुदान दिएर रैथाने बाली संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन सकिने उनले पालिकाखबरलाई बताए । 

गाउँपालिकाभित्र मकै बालीको उत्पादन राम्रो हुने भएकाले चालु आर्थिक वर्ष २०८०/८१ मा  मकै बाली प्रवर्द्धनको कार्यक्रम समेत सञ्चालन गरिएको छ । यस्तै ‘मौरी पकेट विकास कार्यक्रम सञ्चालन गरिने उनले बताए । संघीय शसर्त अनुदानबाट आएको अनुदानबाहेक पालिकाले पनि मौरी पालनको विकासको लागि बजेट विनियोजन गरेको जानकारी दिँदै उनले भने,  ‘महलाई ब्रान्डिङ गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । अहिले नै मह ब्रान्डिङको काम सुरु नभएपनि यो वर्ष सुरु गर्न सकिने सम्भावना छ ।’

पालिकाले कृषि तथा पशुपंक्षी शाखाको लागि चालु आवमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको शाखा प्रमुख वलीले जानकारी दिए ।