close

कृषि शाखाको लागि ४९ लाख रुपैयाँ

कृषि शाखाको लागि ४९ लाख रुपैयाँ

Trulli
ADVERTISEMENT

सिराहा– धनगढीमाई नगरपालिकाले चालु आर्थिक वर्षमा कृषि शाखाको लागि ४९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले पालिकाभित्रको कृषकहरुलाई कृषि सामाग्री वितरण तथा अन्य कार्यक्रमका लागि आर्थिक वर्ष २०८०/८१ मा उक्त रकम विनियोजन गरेको हो ।

साे बजेटबाट चालु आर्थिक वर्षमा च्याउ, गहुँको बीउ वितरण गर्ने नगरपालिकाका कृषि शाखाका प्रमुख मसिलाल साहले बताए । ‘तराईको हावापानीमा फल्ने लिची, आँप लगायतका फलफूलको बिरुवा वितरण गर्ने कार्यक्रम छ,’ उनले पालिकाखबरसँग भने ।

यस्तै नगरपालिकाले चालु आर्थिक वर्षमा किसान सूचीकरणको काम गर्ने कार्यक्रम रहेको उनले बताए  ।