close

सडक नहुँदा रक्सी बन्याे स्याउ

सडक नहुँदा रक्सी बन्याे स्याउ

Trulli
ADVERTISEMENT

रुकुम पुर्व - पृथा उत्तरगंगा गाउँपालिकामा स्याउ उत्पादन राम्रो भए पनि बजार पाउन सकेको छैन । गाउँपालिका सडक सञ्जालबाट टाढा भएकाले उत्पादित स्याउले बजार पाउन नसकेको हो । 

गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख ओमप्रकाश ओलीका अनुसार पालिकामा स्याउ, सुन्तला र कागतीको उत्पादन राम्रो छ । तर बजारीकरणको अभावले अधिकांश फलफूल रक्सीमा परिणत हुने उनले पालिकाखबरलाई बताए । उत्पादित क्षेत्रबाट केन्द्रसम्म लैजानको लागि मोटरमा सात घण्टा लाग्ने उनले बताए । 

‘फलफूलबाट बिक्री गरेको रकमभन्दा भाडा नै धेरै लाग्छ । त्यसैले पनि बजारमा लैजान समस्या छ,’ उनले भने । बजारीकरणका लागि गाउँपालिकाले सडक खोल्नको लागि आवश्यक पहल गर्दै आएको उनको भनाइ छ । उनका अनुुसार गाउँपालिकामा फलफूल पकेट कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

फलफूलको उत्पादन बढाउनका लागि गाउँपालिकाले उन्नत जातको बेर्ना र सिँचाईको विस्तार गर्दै आएको उनले सुनाए । रैथाने बाली प्रर्वद्धनका लागि अनुदानमा आधारित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।